कर्णाली प्रदेशमा युबा नेता भिमबहादुर मंगोल संयोजकमा चयन । - MONGOL KHABAR

Breaking

कर्णाली प्रदेशमा युबा नेता भिमबहादुर मंगोल संयोजकमा चयन ।

सुर्खेत/२७ कार्तिक
सबै कामको ब्यस्ततामा रहेको बेला मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङका नेता कार्यकर्ताहरु भने संगठन बिस्तार तथा सभा गठनमा लागीपरेका छन ।
आज सुर्खेतको बद्दिचौरमा बसेको बैठकले भिम मंगोलको संयोजकत्वमा कर्णाली प्रदेश सभा गठन गरेको छ । पछिल्लो समयमा सुर्खेतको विभिन्न स्थानमा कार्यक्रमहरु तीब्र भैरहेको छ ।

केहि दिन अघि मात्र बराताल ७ नम्बर वडाको नयाबनमा टोल सभा साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । आजको कार्यक्रमका सभा अध्यक्ष केन्द्रिय सदस्य तिलबहादुर श्रेष्ठ रहनु भएको थियो भने प्रमुख अतिथि केन्द्रिय मुलसचिव नरबहादुर दर्लामी मगर (बर्णवास) रहनुभएको थियो । उक्त कार्यक्रममा अन्य नेता कार्यकर्ताहरुको पनि सहभागीता रहेको थियो ।


कर्णाली प्रदेश संयोजक भिम मंगोलले अब आफ्नो जिम्मामा रहेको हरेक कार्यमा दिन रात नभनी लागी पर्ने प्रतिज्ञा व्यक्त गर्नु भएको छ । उहाँलाई नै सर्वसहमत ले कर्णाली प्रदेश संयोजकमा चयन गरेको हो । कार्यक्रम संचालन जिल्ला सदस्य रुपेन्द्र मंगोल ले गर्नुभएको थियो ।