पाल्पा/कार्तिक १०,
मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा पाल्पा र मंगोल युबा सभा पाल्पाको संयुक्त बैठक आज पाल्पाको प्रबासमा सम्पन्न भएको छ । advertise
पछिल्लो समयमा पाल्पामा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले संगठनलाई बिस्तारको क्रम आन्तरिक रुपमा तीब्र पारेको छ । त्यसै क्रममा पाल्पा जिल्लामा मंगोल युबा सभाले पनि युबा एकताको आजको आबश्यता रहेको भन्दै गाउँ गाउँमा युबा सभा बिस्तारको अभियान जारी रहेको युबा सभा पाल्पाका संयोजक बिमल रानाले प्रष्ट्याउनु भएको छ ।
उक्त संयुक्त बैठकले संगठनको भाबी कार्य योजना र संगठनको गतिविधि जिल्ला सभा पाल्पा र मंगोल युबा सभा पाल्पाले संयुक्त रुपमा कार्यकर्ता परिचालन गरि पाल्पा जिल्लालाई मंगोल किल्ला बनाउने जिल्ला सभा पाल्पाका संयोजक इन्द्रबहादुर ढेंगा मगर र मंगोल युबा सभा पाल्पाका संयोजक बिमल राना मगरले आफ्नो मातहतका जिल्ला कार्यकर्तालाई संयुक्त रुपमा निर्देशन दिदै अगामी फाल्गुन महिनामा पाल्पा जिल्ला अधिबेशन गर्ने निर्णय समेत आजको बैठकले पारित गरेको छ ।