पीएसभीलाई हराउँदै बार्सिलोना समूह विजेता - MONGOL KHABAR

Breaking

पीएसभीलाई हराउँदै बार्सिलोना समूह विजेता

बार्सिलोनाले पीएसभी आइनहोभेनलाई पराजित गर्दै च्याम्पियन्स लिगको समूह विजेता बनेको छ । केहीबेर अघि सम्पन्न खेलमा पीएसभीलाई २-१ गोलले पराजित गर्दै बार्सिलोना समूह बीको विजेता बनेको हो । पहिलो हाफमा बार्सिलोनाले बढी प‍ोसेसन कायम गरेको भए पनि दोस्रो हाफमा बार्सिलोना सम्हालिएको थियो । 
खेलको ६१ अौं मिनेटमा बार्सिलोनाको लागि कप्तान लियोनल मेसीले गोल गरे । अोस्माने डेम्बेलेको पासमा पीएसभीका डिफेन्डहरूबीच रहेका मेसीले उत्कृष्ट गोल गरेर टोलिलाइ अग्रता दिलाए । त्यस्तै ७० अौं मिनेटमा पाएको फ्रिकिकलाई मेसीले प्रहार गरे । 

मेसीको प्रहारमा टच गर्दै डिफेन्डर जेरार्ड पिकेले गोल गर्दै अग्रता दोब्बर पारे । तर, खेलको ८३ अौं मिनेटमा घरेलु टिमको लागि लुक डी जोङले गोल गरे । उनले एन्जेलिनोको पासमा गोल गरेका हुन् । त्यसपछिको समयमा दुबै पक्षबाट थप गोल हुन सकेन र खेल २-१ गोललेे बार्सिलोनाले जित्यो । 

जितसँगै च्याम्पियन्स लिगको समूह बी मा रहेको बार्सिलोनाले ५ खेलबाट १३ अंक जोडेको छ । त्यस्तै सोही समूहको अर्को खेलमा इन्टर मिलानलाई पराजित गर्दै टोटनहमले ७ अंक जोडेको छ भने इन्टरक‍ो पनि ७ अंंक नै रहेको छ ।

 मात्र १ अंक जोडेको पीएसभी च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिए छ भने टोटनहम र इन्टरको उत्तिकै सम्भावना छ । आगामी खेलमा टोटाहमले बार्सासँँग क्याम्प नाउमा प्रतिस्पर्धा गर्नेछ भने इन्टरले टोटनहमसँ खेल्नेछ । Watch highlight :