चितवनमा मंगोल राष्ट्रबादको प्रशिक्षण - MONGOL KHABAR

Breaking

चितवनमा मंगोल राष्ट्रबादको प्रशिक्षण

जगत ठाडा मंगोल
चितवन,९ मंसिर ।
चितवनमा मंगोल नेशनल अर्गनाइजेशन डा.गोपाल गुरुङ संगठनको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आइतबार नेपालको मध्य पश्चिम चितवनको राप्ती नगरपालिका ११ भलपानीमा भएको हो ।

 मंगोलवाद बारे प्रशिक्षण कार्यक्रममा चितवन जिल्लाका मंगोल कार्यकर्ता पनि उपस्थित रहेको थियो । कार्यक्रमको प्रशिक्षण केन्द्रिय सदस्य पुर्खाराम प्रजाले मंगोल अस्तित्व र मंगोल राष्ट्रबादको बारेमा सहभागी मंगोल समुदायलाई प्रष्ट पारी,अब मंगोल राष्ट्रबादको लागि उपस्थित सबैलाई एक जुट भएर महान मंगोल राष्ट्रबादको अभियानमा सहभागी भैइ लाग्न आह्वान समेत गर्नु भएको थियो ।

अर्का अतिथी अक्कलबहादुर थिङले पनि सम्पुर्ण मंगोललाई सुतेर होइन ब्युँझेर अब एक भैइ मंगोल मुक्तिको लागि एकताबद्ध हुन आग्रह गर्नु भएको थियो । कार्यक्रमको आयोजना चितवन जिल्ला युवा सचीव केशव मोक्तानको पहलमा भएको थियो ।