मंगोल भुमिमा एक दिन स्वतन्त्रताको आवाज गुन्जिने छ - MONGOL KHABAR

Breaking

मंगोल भुमिमा एक दिन स्वतन्त्रताको आवाज गुन्जिने छ

"उद्देश्य हिन जीवन मृत्यु हो, मृत्युु कुनै उद्देश्य होइन ।" पृथ्वीमा पानी जम्छ, तिर्खा जम्दैन । बच्पन्न पढ्दाको एउटा चलाख कागको कथा याद आउँछ । कागलाई प्यास लागेको हुन्छ, जताततै हाहाकार हुन्छ । पानी खोज्दै काग भौतारिन्छ । खोलामा जान्छ ।

 खोला पनि सुकेको हुन्छ । कुवामा जान्छ कुवा पनि सुकेको हुन्छ । रुखको टोड्कातिर कतै जमेको छ की भनी खोज्छ कतै पानी भेट्दैन तथापि कागको प्रयास जारी नै रहन्छ । कदापि निराश हुँदैन किनकी कागलाई प्यास लागेको छ । अन्त्यमा कागले झुपडिमा एक घैटो देख्छ । 

कागलाई डर पनि छ । कतै मालिकले देख्यो भने मेरो हालत के होला । डर के पिछे जित छ भने झै काग उडेर घैटोको मुखमा बस्न पुग्छ । घैटोमा चिहाउछ । पानी पिधमा मात्रै छ । कागले सोच्छ कि पानी त भेटियो तर पिधमा छ । घैटोमा छिर्यो आफ्नै काल । कसरी निस्किने घैटोबाट ? अर्को त्रास घैटोमा छिरेको बेला मालिक आयो भने पनि खैरात छैन । के गर्ने प्यास जसरी मेटाउनु छ ।

 कागले जुक्ती लगाउछ घैटोमा ढुंगा खसायो भने पिधको पानी पक्कै माथी आउँछ । त्यसपछि कागले ढुंगा ओसार्दै घैटोमा खसाउछ । नभन्दै पिधको पानी माथी आउँछ र कागले आफ्नो प्यास बडो संघर्षले मेटाउछ । पानी जम्छ प्यास कहिले जम्दैन । हामी मूलबासी मंगोलहरु काग झै प्यासी बन्नु पर्छ । प्यासी छौ । फेरि त्यस्तो प्यासी छौ,जुन प्यास ५ सय वर्ष देखि लागेको छ । दासत्व बाट मुक्त मानव बन्न,अन्यायको सागर देखि न्यायको महासागरमा दुब्न चाहन्छौ ।

 स्वतन्त्रताको प्यासी छौ, हामीलाई थाहा छ । हामी काग झै प्यासी बन्न सकेनौ । प्यास मेटाउने सोच बनायौ अपितु घैटोको पिधमा रहेको पानीलाई जसरी कागले घैटोको मुखमा निकालेर प्यास मेटाउन सफल भयो त्यसो नगरी घैटो भित्र छिर्न बल गर्दा उद्देश्यहिन जीवनमा परिणत भयो । सदियौ देखिको प्यास मेटाउने प्रयास गर्दा गर्दै पानी हाम्रो मृत्युको कारण बन्यो । शत्रुको जालमा पर्यो । किनकी प्यास मेटाउने बहानामा हामिले जुक्ती लगाउन सकेनौ । हो,आज बहुसंख्यक मूलबासी मंगोल प्यासी भएर पनि प्यास मेटाउन नजान्ने बनेर महा रोगी बनेका छन ।

 मालिक भइकन दास झै जीवन ब्यतित गरेको छ । प्यास मेटाउने बहानामा बिष पिए । अधिकार खोज्ने बहानामा आफै दास भए । स्वतन्त्रताको भोको भएर पनि स्वतन्त्रताको गित गाउँन डराउने अल्छी, कायर बनिदिए । हेर्नुस त घाम उदायो । जुन उदायो । तर हाम्रो जीवनमा कहिल्यै न्याय उदाउन सकेन । हाम्रै कारणले पनि हो । महशुस गर कि उदेश्य हिन जीवन मृत्यु हो, मृत्यु कुनै उद्देश्य होइन । यो प्रकृतिको नियम हो । हामीले लक्ष्य, समस्या र संघर्ष बाट पछि हट्नु हुँदैन ।

 महान लक्ष्यहरु, महान समस्याहरु र महान संघर्षहरुले नै मानिसहरु महान बन्छन । यहाँ यस्तो रोगी बनेका छौ । जुन बाहुनबाद/हिन्दुवादको injection ले लठ्ठीएका छौ । medical science ले आविष्कार गरेको injection ले प्रत्यक्ष घोचेको देख्छौ जसले रोग नस्ट गर्दछ । तथाकथित ऋषि मुनिले आविष्कार गरेको injection देखिन्दैन परन्तु रोगी बनाइ रहन्छ । यति बिषालु छ, एकजनालाई लगाउदा आगामी पुस्तौलाई रोगी बनाउछ । जुन बिषालु injection ले समाजलाई घोची रहन्छ । जसले मूलबासी मंगोलहरु अपांग बनिरहेका छन । सुर्यको किरणले पोल्छ त्यो क्षणिक हो । हिन्दुवादको बिकरण यति भयानक छ । दिनरात पोल्छ । शितलता खोज्दा खोज्दै भौतारिए जिन्दगी गुजार्नु पर्ने । तड्पिएर मरि मरि जाग्नुपर्ने । हाम्रो समाज मरु भूमि जस्तै छ । हाम्रो अधिकारको आवाजहरु अहिले थोरै mg को injection काफी छ । कारण हामी निर्धो छौ । 

हामी अचेतन छौ । हामी गरिब छौ । हामी राज्य हिन छौ । हामी सुकुम्बासी छौ । हामी न्याय हिन छौ । हामी उदेश्य हिन छौ । हाम्रो जिन्दगी दास जिन्दगी हो । हाम्रो जिन्दगी बन्जर हो । हाम्रो जिन्दगी बाझो छ यधपी त्यो क्रम चलिरहेको छ । यो कसरी बन्यो । यो त त्यही बैरीले बनाएका हुन । जसले हिन्दुबाद/बाहुनबाद बनाए । प्यासि कसले बनायो यिनैले बनाए । रोगि यिनैले बनाए । पागल यिनैले बनाए । अब प्यास जसरी पनि मेट्नु छ । अस्तित्व खोज्नु छ । मंगोल प्राण धान्नु छ । 

स्वतन्त्रता गित गाउँनु छ । अब चोमोलोङ्माको शिखर बाट स्वतन्त्रताको आवाज गुन्जने छन । छिरिमो,अनि फक्ताक्लुङहरु बाट स्वतन्त्रताको आवाज घन्किने छन । धौलागिरी देखि स्वतन्त्रता र अस्तित्वको आवाजहरु गुन्जनेछन । अपि सैपाल बाट पनि । तराईको फाटबाट स्वतन्त्रता मुक्तिको आवाज गुन्जिने छन । पहाडको अक्करे भिरबाट पनि स्वतन्त्रता मुक्तिको आवाज गुन्जिनेछन । 

एक दिन मंगोल उठ्दा चोमोलुङ्मा झुक्नेछ । एक दिन लुम्बिनीमा पनि नयाँ बुद्ध पाउने छ । जुन दिन समानताको धुन बज्छ । जुन दिन स्वतन्त्रताको गित बज्छ । जुन दिन भातृत्वको एउटै टेबल बन्छ । पारुहाङ सुन्मिमाहरु पनि मुस्कुराउनेछन, हाम्रो पिता पुर्खाहरु को आत्माहरु हास्न थाल्ने छन ।
लेखक : जीवन मंगोल