MNO-डा.गुरुङ पाल्पाको संयुक्त बैठक सम्पन्न - MONGOL KHABAR

Breaking

MNO-डा.गुरुङ पाल्पाको संयुक्त बैठक सम्पन्न

MNO-डा.गुरुङ पाल्पाको संयुक्त बैठक सम्पन्न । जगत ठाडा मंगोल पाल्पा/मंसिर १,मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा पाल्पा र मंगोल युबा सभा पाल्पाको संयुक्त बैठक आज पाल्पामा सम्पन्न भएको छ । 
युबा सभा पाल्पाले मंसिर २७,२८ र २९ गते पाल्पाको सहरीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता राख्ने निर्णय गरेको छ । पाल्पामा मुलबासी मंगोलहरुलाई मंगोल राष्ट्रबादको प्रचारप्रसार गर्ने उदेश्यले कार्यक्रम गर्ने पाल्पा जिल्ला युबा सभाका संयोजक बिमल रानाले बताउनु भएको छ ।
पछिल्लो समय पाल्पामा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले र मंगोल युबा सभाले संगठनलाई तिब्र रुपमा विभिन्न कार्यक्रम गर्दै संगठन बिस्तारको क्रम जारी राखेको छ । बैठकमा पाल्पा जिल्लामा मंगोल युबा सभाले युबा शक्ति आजको आबश्यता रहेको भन्दै गाउँ गाउँमा युबा सभा बिस्तारको अभियान जारी रहेको पनि जानकारी गराएको थियो ।

 उक्त संयुक्त बैठकले संगठनको भाबी कार्य योजना र संगठनको गतिविधि जिल्ला सभा पाल्पा र मंगोल युबा सभा पाल्पाले संयुक्त रुपमा कार्यकर्ता परिचालन गरि पाल्पा जिल्लालाई मंगोल किल्ला बनाउने जिल्ला सभा पाल्पाका संयोजक इन्द्रबहादुर ढेंगा मगरले बैठकमा जानकारी दिएको थियो ।

 बैठक पाल्पा जिल्ला संयोजक इन्द्रबहादुर ढेंगा मगरको अध्यक्षतामा पाल्पाको तानसेनमा भएको थियो । साथै बैठकमा अर्गनाइजेशनका केन्द्रीय बिदेश बिभाग प्रमुख तथा केन्द्रीय प्रबक्ता तुलबिर दर्लामी मगर पनि उपस्थित रहनु भएको थियो ।