अडिल खम्बू/जगत ठाडा मंगोल सुनसरी
२०७५ मङ्सिर ५ गते बुधबार सुनसरी जिल्लाको धरानमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको भूपू मंगोल सैनिक संघ जिल्ला सभा सुनसरी गठन भएको छ ।धरानमा मंगोल भुपु सैनिक संघ ब्रिटिश रिटायर्ड गोपाल दुखुनको अध्यक्षतामा गठन गरिएको हो ।
सचिव नयन्द्र कुमार राई ,कोषाध्यक्ष मणि कुमार राई , सदस्यहरुमा अो बी मादेन, रत्न बहादुर राई ,शेर बहादुर राई , मेख बहादुर लिम्बु , कुमार राई , प्रेम बहादुर राई, रणदीप राई लगायत दश सदस्यीय सुनसरी जिल्ला सैनिक सभा गठन भएको छ ।
डा.गोपाल गुरुङको भातृ संगठन विस्तारको क्रममा लाहुरे जागिर बाट निबृत्त भएका भूपू मूलवासी मंगोल सैनिकहरुलाई आबद्ध गराउँदै भूपू मंगोल सैनिक सभा गठन गरिएको भूपू सैनिक संघका केन्द्रीय संयोजक बल बहादुर दुमी राईले जानकारी दिएको छ । अायोजित भेलाबाट सांगठनिक प्रशिक्षण पश्चात सैनिक सभा गठन भएको हो ।
कार्यक्रममा नव गठित सैनिक सभालाई सम्वोधन गर्दै केन्द्रीय संयोजक बलबहादुर दुमिबाट सफल कार्यकालको बधाई तथा शुभकामना सहित ब्यक्त गर्नु भएको थियो ।