प्रवास सभा मलेसियाले 01 january 2019 को दिनमा कार्यक्रम गर्ने - MONGOL KHABAR

Breaking

प्रवास सभा मलेसियाले 01 january 2019 को दिनमा कार्यक्रम गर्ने

काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ प्रवास सभा मलेसियाले 01 january 2019 को दिनमा कार्यक्रम गर्ने भएको छ । प्रवास सभा मलेसियामा रहनु भएका ८०% अहिन्दु मुलबासी मंगोल दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक निमन्त्रणा र आह्वान समेत गर्नु भएको छ ।


मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले बिश्वब्यापी प्रचलित लोकतान्त्रिक मुल्य मान्यता र मानव अधिकारको न्याय प्राप्तिको निम्ति र अस्तित्वको निम्ति देशै भरी संगठनले अभियान कार्यक्रम गर्दै आएको छ । त्यसै गरि संगठनले प्रबास सभा मलेसियामा पनि आयोजना गर्ने तयारी गरेको प्रबास सभा मलेसियाका सचिब राज दर्माली मंगोलले मंगोल खबरलाई जानकारी दिएको हो ।

स्वर्गीय डा.गोपाल गुरुङ ज्युले मंगोल मुक्ति र अस्तित्वको बारेमा जारी गर्नु भएको दिन सन् ०१/१९८९ मा संगठनको  घोषणापत्रको मर्म भाबनालाई अटल भै लागू गर्न प्रतिबद्ध भै मंगोल दर्शन / मंगोल घोषणा पत्र स्थापन दिन 1 january लाई मध्येनजर गरि भब्यताका साथ ३० औं मंगोल दर्शन घोषण दिवस सफल पारौं ,भन्ने नाराको साथ कार्यक्रमको आयोजना गर्न लाग्नु भएको प्रबास सभा अध्यक्ष जिबि गुरुङले बताउनु भएको छ ।