मकवानपुरमा मंगोल राष्ट्रबादको प्रशिक्षण । - MONGOL KHABAR

Breaking

मकवानपुरमा मंगोल राष्ट्रबादको प्रशिक्षण ।

मकवानपुरमा मंगोल राष्ट्रबादको प्रशिक्षण ।

जगत ठाडा मंगोल
मकवानपुर १६,मंसिर । मकवानपुरमा मंगोल नेशनल अर्गनाइजेशन डा.गोपाल गुरुङ संगठनको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपालको मध्य पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वार्ड नम्बर ६ खर्कण्डेटारमा जत्नलाल चेपाङको पहलमा भएको हो । मंगोलवाद बारे प्रशिक्षण कार्यक्रममा मकवानपुर जिल्लाका मंगोल कार्यकर्ता पनि उपस्थित रहेको थियो ।

कार्यक्रमको प्रशिक्षण अर्गनाइजेशनका केन्द्रिय सदस्य पुर्खाराम प्रजाले र बिर मोक्तानले मंगोल अस्तित्व र मंगोल राष्ट्रबादको बारेमा सहभागी मंगोल समुदायलाई प्रष्ट पारी,अब मंगोल राष्ट्रबादको लागि उपस्थित सबैलाई एक जुट भएर महान मंगोल राष्ट्रबादको अभियानमा सहभागी भैइ लाग्न आह्वान समेत गर्नु भएको थियो ।

पछिल्लो समयमा चितवन र मकवानपुर जिल्लामा पुर्खाराम प्रजाले प्रशिक्षणको साथ संगठनलाई दिनहु दिन तीब्र रुपमा बिस्तार गरेको छ । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी अक्कलबहादुर थिङले पनि सम्पुर्ण मंगोललाई सुतेर होइन ब्युँझेर अब एक भैइ मंगोल मुक्तिको लागि एकताबद्ध हुन आग्रह गर्नु भएको थियो । कार्यक्रमको आयोजना मकवानपुर जिल्लाका सक्रिय सदस्य जत्नलाल चेपाङको पहलमा भएको थियो ।