परिवार दलका अध्यक्ष एक नाथ ढकाललाई सुरक्षाको खतरा - MONGOL KHABAR

Breaking

परिवार दलका अध्यक्ष एक नाथ ढकाललाई सुरक्षाको खतरा

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफूलाई सुरक्षा थ्रेट भएको भन्दै आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार सँग माग गरेका छन ।

गृह मन्त्रालय तथा गृहसचिवलाई सम्बोधन गरी नेपाल परिवार दलका तर्फ बाट ढकालले आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी मागेका हुन् । मंसिर १९ गते लेखिएको सो पत्र अनुसार असुरक्षित महसुस भएका कारण आवश्यक सुरक्षा व्यवस्थाका लागि मन्त्रालयसँग आग्रह गरिएको हो ।