प्याब्सन पश्चिम नवलपरासीको अध्यक्षमा गुरुङ - MONGOL KHABAR

Breaking

प्याब्सन पश्चिम नवलपरासीको अध्यक्षमा गुरुङ


परासी, ९ पुस । प्याब्सन नवलपरासी बर्दघाट सुस्ता पश्चिमको अध्यक्ष इन्द्र गुरुङ हुने भएका छन् । आइतबार उम्मेद्वारी दर्तामा एक पदमा एक व्यक्तको मात्र उम्मेदवारी परे पछि पश्चिम नवलपरासीको प्याब्सन नवलपरासीको कार्यसमिति सर्वसम्मत भएको हो ।

आधारिक घोषणा भने बुधबार हुने छ । स्रोतका अनुसार अध्यक्ष पदमा इन्द्र गुरुङको मात्र एकल उम्मेवार परेको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा राधेरमण पाण्डे, दुई उपाध्यक्षका लागि डम्बर गुरुङ र गुरौ यादव,सचिवमा विनीराम भुसाल, दुई सहसचिवका लागि जनकप्रसाद अधिकारी र रामाशंकर हरिजन, कोषाध्यक्षमा बालाकृष्ण लम्साल, सहकोषाध्यक्षमा उपेन्द्र गुप्ताको एकल उम्मेवार परेको छ ।


अन्तिम नामावली प्रकाशन सोमबार अबेरसम्म हुने जनाइएको छ । सोमबार नै उम्मेवारमाथि दावी विरोध र उम्मेद्वारी फिर्ताका समय रहे पनि कसैको दावी विरोध नपरेको निर्वाचन मण्डलका शिव पौडेलले बताए ।

नवलपरासी दुई जिल्ला भए पछि पश्चिम नवलपरासीमा छुट्टै प्याब्सन गठन भएको छ । प्याब्सन नवलपरासीको अधिवेशन ११ पुस बुधबारका दिन परासी स्थित आफ्नै हलमा हुँदै छ । नयाँ कार्यसमितिको आधिकारिक घोषणा भने ११ पुसमा नै हुने छ । प्याब्सनको विधान अनुसार प्रत्येक गाउँ तथा नगरपालिकाका प्याब्सन अध्यक्ष स्वतः जिल्ला सदस्य हुने प्रावधान छ भने बाँकी ४ सदस्य पदमा पनि ४ जनाको मात्र उम्मेदवारी परेको छ ।