नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु - MONGOL KHABAR

Breaking

नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा आईतवार विहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विहान सवा नौं बजे तिर सुनवल ४ बाह्रघरे स्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा लु १ ख ६७९४ नम्बरको ट्यांकरले ग १५ प ३४९२ नमबरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

 दुर्घटनामा मोटरसाइकल चालक कास्की जिल्लाको पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २९ का प्रविन गुरुङ र सोही ठाउँका मोटरसाइकलमा सवार २६ बर्षका विनोद बानियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जनाएको छ । ठक्करबाट बढी घर्षण भएका कारण मोटरसाइकल जलेको छ । ठक्कर दिने ट्यांकरका चालक फरार रहेका छन्।