फोर्ड गाडिको चितवन र नवलपुरको आधिकारिक विक्रेता एस एच मोटर्स प्रालिले कावासोतीमा - MONGOL KHABAR

Breaking

फोर्ड गाडिको चितवन र नवलपुरको आधिकारिक विक्रेता एस एच मोटर्स प्रालिले कावासोतीमा

कावासोती, पुस १० / फोर्ड गाडिको चितवन र नवलपुरको आधिकारिक विक्रेता एस एच मोटर्स प्रालिले कावासोतीमा नयाँ शोरुम खोलेको छ । युवा उद्यमी निर्देश सेढाईले चितवनमा मुख्य शोरुम रहेको मोटर्सको शाखा नवलपुरको  कावासोतीमा पनि सञ्चालनमा ल्याएको हो ।

कावासोतीको कालिगण्डकी चोक नजिकै सञ्चालनमा आएको शोरुमको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । गायक रामकृष्ण ढकाल र नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले संयुक्त रुपमा शोरुमको उद्घाटन गर्नु भएको हो ।


फोर्ड कम्पनिका ईकोस्पोर्ट, फ्रिस्टायल, फिगो, फिगो एस्पायर, रेञ्जर र ईन्डेभर गाडि नवलपुरको कावासोतीको शोरुममा विक्रि गरिने सञ्चालक सेढाईले बताउनु भयो । पछिल्लो समय ईकोस्पोर्ट र फ्रिस्टायल गाडि ग्राहकको रोईजामा पर्ने गरेको छ । ७ कलरमा उपलब्ध फोर्डका गाडिहरु मध्ये ईकोस्पोर्ट नै बढि बिक्रि हुने सेढाईले बताउनु भयो । ईकोस्पोर्ट कार फुल अप्सन मोडमा रहेको छ ।

इकोस्पोर्टको ग्राउण्ड क्लियरेन्स दुई सय मिलिमिटरको छ । यस कारमा ३.५ इञ्चको एमएफडि स्क्रिन प्रयोग गरिएको छ । यसको ह्विलहरु १६ इञ्चका एल्लोइले बनेका छन् । यस कारको टर्निङ रेडियस ५.३ मिटरको छ । कारको क्लस्टरमा फ्युल कम्प्युटर जडान गरिएको छ । एन्टि लक ब्रेकिङ सिस्टम जडान गरिएको यस कारमा स्टिरिङ ह्विल अडियो कन्ट्रोल रहेको शोरुमका संचाकजले जानकारी दिएको छ ।