नवलपुरका हुप्सेकोटका एक महिला सन्तान सहित बेपत्ता - MONGOL KHABAR

Breaking

नवलपुरका हुप्सेकोटका एक महिला सन्तान सहित बेपत्ता

कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ शंखदेवकी एक महिला एक साता अघिदेखि दुई छोरी सहित हराएकी छिन् । उनका आफन्तले जिल्ला प्रहरी कार्यालय नवलपुरमा आफन्तले उजुरी सहित दिएका छन् । 
प्रहरीमा दिएको उजुरी अनुसार २७ बर्षकी जमुना न्यौपाने ५ बर्षकी सुरक्षा न्यौपाने र १४ महिनाकी समीक्षा न्यौपाने सहित वेपत्ता भएकी हुन् । 

एक सातासम्म आफन्तकोमा खोजी गर्दा पनि नभेटिएपछि प्रहरीमा उजुरी दिएको उनका जेठानी दिदी राधिका न्यौपानेले बताइन । सुस्त मनस्थितिकी जस्ती ति महिलालाई कसैले ललैफकै बेच्न लगेको हुन सक्ने आफन्तले आशंका गरेका छन् । उनका श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा भारत थिए । श्रीमान अहिले श्रीमतिको खोजीको लागि घर आएका छन् ।