किशोरीहरुले पहिलो रजस्वाला हुँदाको अनुभवहरु साटा साट - MONGOL KHABAR

Breaking

किशोरीहरुले पहिलो रजस्वाला हुँदाको अनुभवहरु साटा साट

नवलपुर, मंसिर । देवचुली नगरपालिकाको जनज्योती नमुना माध्यमिक विद्यालयमा किशोरीहरुले पहिलो रजस्वाला हुँदाको अनुभवहरु साटा साट गरेका छन । महिलाहरु र किशोरीहरुको रजस्वाला अर्थात गाँउले भाषामा भन्दा पर सर्नेको बारेमा रहेका जुन रुढीवादी सोच र परम्परा रहेको छ, सो को न्युनीकरणको लागि स्वयम किशोरीहरुद्धारा नै यस्तो खालको अभियान सुरु गरिएको हो ।
जागृति बाल तथा युवा सरोकार नेपालद्धारा क्यान्नालनको सहयोगमा देवचुली नगरपालिकामा सञ्चालन गरेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका ३० जना किशोरीहरुलाई महिनावारी सरसफाई र सेनेटरी प्याडको निर्माणको तालिम पश्चात अहिले विद्यालयमा र समुदायस्तरमा रहेका किशोरीहरुलाई यसको बारेमा तालिमहरु सञ्चालन गरेको कुरा संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।

महिनावारीको समस्या प्राकृतिक रुपमा रहेको र यसलाई समस्याको रुपमा लिने होईन की यो त सन्तान उत्पादन र संसारको सृष्टिकर्ताको रुपमा रहेकोले सोही अनुसार नै लिई विशेष सरसफाई र पौष्टिक युक्त खानेकुरा खानुपर्ने कुरामा जोड दिइएको अभियन्ता मोतिसरा थापाले बताउनुहुन्छ ।

कार्यक्रममा घरमा नै कसरी सेनेटरी प्याडको निर्माण गर्न सकीन्छ भनेर समेत प्राक्टिकल रुपमा नै सञ्चालन गरिएको थियो । कार्यक्रममा २५ जना किशोरीहरुको सहभागिता रहेको थियो ।