प्रभु बैंकको ठगी धन्दा, हेल्लो सरकारमा उजुरी - MONGOL KHABAR

Breaking

प्रभु बैंकको ठगी धन्दा, हेल्लो सरकारमा उजुरी

काठमाडौ / प्रभु बैंकले लुट मच्चाएको भन्दै विरोध हुने क्रम रोकिएको छैन । विभिन्न बहानामा अत्यधिक शुल्क लिएको भन्दै सर्वत्र विरोध हुन थालेको हो । हामीले केहिदिन अघि प्रभु बैंकले ठगी गरेको सम्बन्धी समाचार पनि प्रकाशन गरेका थियौ । तर त्यो ठगी अझै नरोकिएको भन्दै सर्वसाधारले आक्रोश जनाएका हुन् ।

खतिवडा साइलो नामबाट ट्वीटर प्रयोग गर्ने एक व्यक्तिले प्रभु बैंकविरुद्ध हेल्लो सरकारमा उजुरी समेत दिएका छन् भने प्रभु बैंकको सनदर्भमा बुझ्न हेल्लो सरकारले अर्थ मन्त्रालयलाई पत्र समेत काटेका छ ।


प्रभु बैंकले एबीएसको नाममा लुट मच्चाएको र धेरै शुल्क लिएको उनको गुनासो छ । उनले ट्वीटरमा लेखेका छन्, ‘ एबीबीएसको नाममा बैकलाई कतिसम्म लुट मचाउन छुट छ हेल्लो सरकार अहिले सम्म कुनै बैंकमा नतिरेको यो शुल्क आज मैले “प्रभु बैकलाई बुझाएँ कि यो बैंकको राजा हो र संबिधान भन्दा माथि छ कि संविधान मै लुट्न पाउने लेखेको छ ?

उनको यो भनाईबाट शुरु भएको आक्रोश अहिले सामाजिक सञ्जालका भित्तामा पर्याप्त देख्न सकिन्छ । सर्वसाधारणहरु प्रभु बैंकको हर्कतका विरुद्धमा निकै आक्रोशित देखिएका छन् ।

प्रभु बैंकका विरुद्ध दर्जनौ व्यक्तिहरुले अत्याचार भएको भन्दै ट्वीटरमा खुलेर विरोध गरेका छन् । रायन सुवेदी नाम गरेका एक व्यक्तिले व्यंगात्मक शैलीमा लेखेका छन्, ‘आफ्नै पैसा निकाल्न पैसा तिर्नुपर्ने बरू चोर खल्ती सिलाएर तेसैमा राखिन्छ बैंकमा राखिन्न ।’ अन्यको पनि आक्रोश कम छैन । प्रभु बैंकको यस्तो शैलीले जनताको विस्वास समेत गुम्दैै गएको छ । कतिपय सर्वसाधारणहरुले आफूले अब प्रभु बैंकमा कारोबार नगर्ने भन्दै अरुलाई समेत नगर्न सचेत गराएका छन् ।
यो पनि पढ्नुहोस्
प्रभु बैंकले यसरी ठग्छ सर्वसाधारण, हेल्लो सरकारमा प्रभु बैंकविरुद्ध उजुरी