चितवनमा मंगोलवाद,प्रशिक्षण कार्यक्रम तीन दिन हुने । - MONGOL KHABAR

Breaking

चितवनमा मंगोलवाद,प्रशिक्षण कार्यक्रम तीन दिन हुने ।

चितवन / १२ ,पौष मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले चितवनमा तीन दिने प्रशिक्षण कार्यक्रम गर्न तयारी गरेको छ ।

प्रशिक्षण कार्यक्रम चितवनको शक्तिखोर ,राप्ती नगरपालिका र कालिका नगरपालिकाको विभिन्न स्थानमा हुने संगठनका केन्द्रिय सदस्य पुर्खाराम प्रजाले जानकारी गराएको छ ।


यहि पौष १३,१४ र १५ गते केन्द्रीय संगठनका अनुशासन बिभाग प्रमुख शक्ति राई तथा  केन्द्रिय उच्च नेताहरुले प्रशिक्षण दिने केन्द्रिय सदस्य वीर बहादुर तामाङले बताउनु भएको छ । पछिल्लो समय चितवन र मकवानपुर जिल्लामा केन्द्रिय सदस्यहरु पुर्खाराम प्रजा र बिर बहादुर तामाङले व्यापक प्रशिक्षणको साथमा संगठन बिस्तार अभियान चलाएको छ ।