चितवनका संचारकर्मी प्रवीण पौडेलको ट्रकको ठक्‍करबाट आज (शुक्रबार) दिउँसो मृत्यु भएको छ। - MONGOL KHABAR

Breaking

चितवनका संचारकर्मी प्रवीण पौडेलको ट्रकको ठक्‍करबाट आज (शुक्रबार) दिउँसो मृत्यु भएको छ।

चितवन, पुस १३-चितवनका संचारकर्मी प्रवीण पौडेलको ट्रकको ठक्‍करबाट आज (शुक्रबार) दिउँसो मृत्यु भएको छ।


स्कुटीमा सवार रहेका पौडेललाई आज बिहान ११ बजेतिर रत्ननगरस्थित निपनी चोकमा मालबाहक ट्रकले ठक्‍कर दिएको थियो । गम्भिर घाईते भएका पौडेलको उपचारको क्रममा भरतपुर अस्पतालमा दिउँसो मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । पौडेल एपी वान टेलिभिजनका क्यामरा पर्सन थिए ।

बा १ प ९२१ को नम्बरको स्कुटरमा भरतपुरबाट टाँडी तर्फ जाँदै गरेका पौडेललाई पछाडिबाट आएको ना २ ख २१६६ नम्बरको ट्रकले ठक्‍कर दिएको थियो। स्थानीयका अनुसार ट्रकले लापरवाही पूर्वक चलाउदा सो दुर्घटना भएको हो । पौडेललाई ठक्कर दिने चालक र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।