चर्चित फुटबल खेलाली बिमल भोलि बेल्जियम जाँदै । - MONGOL KHABAR

Breaking

चर्चित फुटबल खेलाली बिमल भोलि बेल्जियम जाँदै ।



राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर ट्रायलका लागि बुधबार बेल्जियम जाने भएका छन् । विमलले च्यासलसँग आपसी समझदारीमा करार रद्द गर्दै बेल्जियम जान लागेका हुन् ।

१० हप्ताका लागि बेल्जियम जान लागेका विमलले त्यहाँको दोस्रो डिभिजन क्लबमा ट्रयाल दिनेछन् । ट्रायलमा सफल भएमा उनी त्यहि क्लबमा अनुबन्ध हुन सक्ने बताइएको छ । क्लबले उनलाई जनवरीसम्म प्रशिक्षणमा सामेल गराएर त्यसपछि अनुबन्ध गर्ने सम्भावना रहेको छ ।

बेल्जियम जानका लागि उनले च्यासल क्लबबाट रिलिज लिएका थिए । उनी यसअघि पनि पटक पटक ट्रायलका लागि बेल्जियम गएका थिए । यसपटक झन्डै डेढ वर्षपछि विमल बेल्जियम जान लागेका हुन् ।
गत वर्ष रुस्लान थ्री स्टारमा आबद्ध भएका विमल केहि समय भारतीय क्लब मोहन बगानमा आबद्ध भएका थिए । यद्दपी उनले त्यहाँ धेरै अवसर भने पाएनन् । फर्केर उनी पुनः थ्री स्टारबाट खेलका थिए । तर, लिगमा भने उनी नवप्रवेशी क्लब च्यासलमा आबद्ध भए र उनले जारी लिगका ५ चरणका खेल खेलेका थिए ।

विमलको उच्च प्रदर्शनबाट प्रेरित नेपाल बंगालदेशमा असोजमा भएको साफ च्याम्पियनसिपमा सेमिफाइनल सम्म पुगेको थियो । उनले प्रतियोगितामा २ गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि विमलले पछिल्लो समय सुधारिएको प्रदर्शन गरेका छन् ।

विमलको कप्तानीमा नेपालले सन् २०१५ मा साफ यू-१९ च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसपछि राष्ट्रिय टोलीबाट खेल्दै उनले लगातार सफलता हात पारे । दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक, बंगबन्धु गोल्डकप उपाधि र एएफसी सोलिडारिटी कपमा उनको प्रदर्शन महत्तपूर्ण रहेको थियो ।

जारी ए डिभिजन लिगमा च्यासलका लागि नियमित खेलेका विमलले क्लबसँग करार रद्द गरेका छन् । आपसी समझदारीमा करार रद्द गरिएको हो ।