हुप्सेकोट गाउँपालिका वडा नम्बर ६,जापडाडामा सास्कृतिक कार्यक्रम सम्पन्न - MONGOL KHABAR

Breaking

हुप्सेकोट गाउँपालिका वडा नम्बर ६,जापडाडामा सास्कृतिक कार्यक्रम सम्पन्न

नवलपुर/मंसिर,२६ बुधबार गित संगितको दुनियाँमा लोकदोहोरी नौलो होइन । लोकदोहोरी बुढाबुढी होस या युबा पुस्ता,संगित नसुनी दिनरात नबिताउने सायद कमै होला । नवलपरासीको पहाडी गाउँपालिका अन्तर्गत स्थानियलाई मनोरञ्जन दिने हेतुले, नबप्रतिभा सास्कृतिक युबा कल्बको आयोजनामा एक दिने सास्कृतिक कार्यक्रम  सम्पन्न भएको छ ।


उक्त सास्कृतिक कार्यक्रममा स्थानियलाई लोकदोहोरी गायक अर्जुन सापकोटा, लोकदोहोरी गायिका रुपी सिंजाली मगर र गायिका विनिता सारुले भरपुर्ण मनोरञ्जन दिएका थिए । कार्यक्रममा पाल्पा जिल्लाका दक्षिण भेग र नवलपुर जिल्लाका हुप्सेकोट गाउँपालिकाको स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय समितीका सभापती ओम थापामगरको प्रमुख अतिथि र बिशेश अतिथि हुप्सेकोट गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष छामबहादुर सोमै रहेको थियो । कार्यक्रम नवप्रतिभा सास्कृतिक युबा क्लबका अध्यक्ष भुमबहादुर सोमैको सभापतित्व र चर्चित युबा कुशल गायक/रचनाकार तथा सफल उद्घोषक दुर्शम थापा मगरको संचालनमा हुप्सेकोट गाउँपालिका वडा नम्बर ६,जापडाडामा भएको थियो ।