घाइते मनकलालाई सहयोगको अपिल । - MONGOL KHABAR

Breaking

घाइते मनकलालाई सहयोगको अपिल ।

बिरेन्द्रनगर / मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ सुर्खेत जिल्ला सभाका सदस्य मिलन थापामगरका दिदि बर्ष २७ मनकला रास्कोटी (मनिषा) को मंसिर १३ गते सुर्खेत बाट दैलेख जाने क्रममा दैलेखको धामी गाउँमा भएको दुर्घटनामा उहाँ चढेको गाडी  दुर्घटना हुदा गम्भीर घाइते भएको छ । उहाँको घाँटी, ढाँड र टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेको बाँकेको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

महान मंगोल राष्ट्रबाद अभियानका निर्बिक सिद्धान्तनिष्ठ मनिषाको उपचारको लागि देश बिदेशमा रहेका मुलबासी मंगोलहरु संग सहयोगको लागि अपिल गरेको छ । मनकला रास्कोटी (मनिषा) गएको स्थानीय चुनावमा सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका बाट तात्कालिन मंगोल नेशनल अर्गनाइजेशन संगठन बाट मेयर पदमा समेत उम्मेद्बारी दिएर चुनाब लड्नु भएको थियो । साथै अहिले वहाँ मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनना मंगोल जगाउने अभियानमा सक्रियताको साथ खत्नु भएको थियो । घाइते मनिषाको उपचारमा सक्दो आर्थिक सहयोग गरि उहाँलाई उपचारको लागि थप सहयोग गरि दिनु हुन अनुरोध गरेको छ । सहयोग गर्नका लागि प्रबासमा रहेर पनि विभिन्न समाजिक कामको साथमा संगठनलाई आर्थिक सहयोग गरिरहने मरियम राई लाई सम्पर्क गर्नु हुन सम्पुर्ण सहयोगी दाताहरुलाई विनम्र अनुरोध  पनि गरेको छ ।