इटहरीमा मंगोलवाद बारे छलफल तथा परिचयात्मक कार्यक्रम - MONGOL KHABAR

Breaking

इटहरीमा मंगोलवाद बारे छलफल तथा परिचयात्मक कार्यक्रम

इटहरी/मंसिर २३,मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ इटहरी नगरसभाको आयोजनामा एक दिने भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । इटहरी नेपाः पुचः भपनको सभा हलमा अध्यक्ष अमृत मगरको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय संयोजक बीरलाल राई प्रमुख अतिथि रहनु भएको थियो ।

भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बीरलाल राईले ध्रुविकृत मूलबासी मंगोलहरु एक हुनुको विकल्प नरहेको बताउनु भयो । परिचयात्मक कार्यक्रममा मूलसचिव वर्णवास दर्लामी, सचिव लोक तामाङ, सह–सचिव मोहन सेरेङ, अनुशासन संयोजक शक्ति चाम्लिङ, आर्थिक विभागका आरेन राई, केन्द्रीय सदस्य लगायत भातृसंगठन प्रमुख, प्रदेश प्रमुख जिल्ला अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

इटहरीबासी मूलबासी मंगोलहरुबीच एकआपसमा भेटघाट तथा परिचय आदान प्रदान भएको थियो । कार्यक्रम सुनसरी जिल्ला सचिव जय आलेले सञ्चालन गर्नु भएको थियो ।