गोरु काटेको आरोपमा १० जना धरानमा पक्राउ - MONGOL KHABAR

Breaking

गोरु काटेको आरोपमा १० जना धरानमा पक्राउ

धरान । गोरू काटेको आरोपमा प्रहरीले १० जनालाई धरान बाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानको टोलीले विहानको राती धरान–१७ स्थित विद्या टोलमा गोरु काटी रहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा आषिक मन्सुरी, हसमुदिन मन्सुरी, बहिश मिंया, रिजमान मिया, साहदत मन्सुरी,आशिष खड्गी, राजेश खड्गी, अनिल शाही,अनिश साही,राजेन्द्र खड्गी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले मंगोल खबरलाई जानकारी दिए ।

उनीहरुसँगै गोरु काट्न प्रयोग भएको धारिलो हरियार खुकुरी चक्कु ७ थान र गाई गोरुको सिङ सहितको २ वटा टाउको समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई म्याद थप गरि थप अनुसन्धानका लागि अगाडी बढाएको डिएसपी तिम्सिनाले जानकारी दिए ।