कुलेन्द्र बिकको ‘सालको पात टपरी’ ले ईतिहास रच्यो, यसरी मनाईयो खुशीयाली - MONGOL KHABAR

Breaking

कुलेन्द्र बिकको ‘सालको पात टपरी’ ले ईतिहास रच्यो, यसरी मनाईयो खुशीयाली

काठमाडौं । लोकदोहोरी गायक कुलेन्द्र बिश्वकर्माको लोकदोहोरी गीत “सालको पात टपरी” ले ईतिहास कायम गर्न सफल भएको छ । लोक गीतलाई हेप्नु हुन्न, लोक गीतले पनि ईतिहास कायम गर्न सफल हुन्छ भन्ने उदाहरण पहिला उहीँ खोलीमा पानी र अहिले सालको पात टपरीले युटुबमा डेढ करोड भन्दा बढि हेरिएको हुनाले ईतिहास राख्न सफल भएको हो । युटुबमा डेढ करोड भन्दा बढि हेरिएको र वसन्त थापा युटुब च्यानल खभचषथ भएको उपलक्ष्यमा पुस ११ गते खुसियाली कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिस्ट गायक एबम निर्देशक नारायण रायमाझी रहेका थिए । यस गीत मार्फत आएको रकमबाट रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालको भवन निर्माणका लागि रु ५० हजार हस्तान्तरण गरिएको थियो । लोकप्रिय गायक एबम चर्चित सङ्गीतकार नरहरी प्रेमिको संचालन रहेको कार्यक्रममा थुप्रै कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा पत्रकार र कलाकारहरुलाई सम्मान गरिएको थियो भने सालको पात टपरी गीत भित्रका टिमलाई रोयल्टी बितरण गर्नुका साथै सम्मान पनि गरिएको थियो ।