मगर संघ दाङमा खलुप्रसाद पुन - MONGOL KHABAR

Breaking

मगर संघ दाङमा खलुप्रसाद पुन

घोराही, २३ मंसिर । नेपाल मगर संघ दाङको अध्यक्षमा खलुप्रसाद पुन मगर चयन हुनुभएको छ । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्बाचनबाट पुन मगर निर्बाचित हुनुभएको हो । 

अध्यक्ष पदका प्रतिष्पर्धी खलुप्रसाद पुन मगरले ४८ मत प्राप्त गर्दा अध्यक्ष पदकी प्रतिष्पर्धी दिलकुमारी बुढा मगरले १५ मत प्राप्त गर्नुभएको छ । यस्तै संघको सचिबका लागि मुक्त बुढा मगर निर्बाचित हुनुभएको छ । बुढा मगरले ५० मत प्राप्त गरी निर्बाचित हुनुभएको हो । यस्तै अर्का प्रतिष्पर्धी प्रकाशसिंह पुन मगरले १२ मत प्राप्त गर्नुभएको थियो ।  


संघका अन्य पदमा भने सर्बसम्मत भएको थियो । संघको मुख्य उपाध्यक्षमा डिल्लीबहादुर घर्ती मगर, उपाध्यक्षमा चित्रा घर्ती, सहसचिबमा बिषपुरा घर्ती मगर र कोषाध्यक्षमा बिरमान बुढा मगर सर्बसम्मत हुनुभएको छ । 

यस्तै सदस्यहरुमा लक्ष्मण बुढा मगर, हिरा पुन मगर, शोभाराम ठाँडा मगर, दिपेशकुमार बुढा मगर, मायापुरा रोका मगर, प्रकाश पुन मगर र हर्कबहादुर गाहा मगर सर्बसम्मत हुनुभएको छ ।