काठमाडाैँ र आसपासमा बिहानै भूकम्पकाे धक्का महसुस - MONGOL KHABAR

Breaking

काठमाडाैँ र आसपासमा बिहानै भूकम्पकाे धक्का महसुस

काठमाडाैँ । काठमाडाैँलगायत आससपासका क्षेत्रमा आज बिहानै भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।

अमेरिकन जियाेलाेजिकल सर्भेले भक्तपुरदेखि ३ किलाेमिटर दक्षिण-पश्चिम केन्द्रविन्दू बनाएर अाज अाइतबार बिहान ४ म्याग्निच्युडकाे भूकम्प गएकाे जनाएकाे छ ।

सर्भेका अनुसार स्थानीय समय बिहान करिब ५ बजेर ६ मिनेट (UTC 23:21) मा साे धक्का महसुस गरिएकाे हाे ।
तर राष्ट्रिय भूकम्प मापन केन्द्रले चाहिँ सिन्धुपाल्चाेक केन्द्रविन्दू बनाएर ५ बजेर ६ मिनेटमा (UTC 23:21) भूकम्प गएकाे जनाएकाे छ । साे धक्का ४.७ रेक्टर स्केलकाे रहेकाे केन्द्रले जनाएकाे छ । याे धक्का पनि २०७२ सालकाे गाेरखा बारपाक भूकम्पकै परकम्प रहेकाे जनाइएकाे छ ।
यद्यपि राष्ट्रिय भूकम्प केन्द्रकाे मिति हिजाेकै राखिएकाेले बुझाइमा अन्याैल देखिएकाे छ । केन्द्र र अमेरिकन सर्भेकाे मापनमा UTC अर्थात् युनिभर्सल टाइम मात्र मेल खाएकाे छ भने मापन स्केल पनि फरक छ ।