कालिकोटमा पूरै गाउँ जलेर नष्ट ,आगो नियन्त्रण बाहिर - MONGOL KHABAR

Breaking

कालिकोटमा पूरै गाउँ जलेर नष्ट ,आगो नियन्त्रण बाहिर

कालिकोट / कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नम्बर १ खाल्टेमा रहेको सिंगो बस्तीमा आगलागी भएको छ । आइतबार राति अकस्मात फैलिएको आगलागीका कारण ८६ घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागी अझै नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटले मंगोल खबरलाई जानकारी दिएको छ ।


स्थानीय बासिन्दा र प्रहरीको टोलीले आगो निभाउने प्रयास भएको छ । दमकल अभावमा आगो नियन्त्रणमा लिन कठिनाई भइरहेको छ । आगलागीको पूर्ण विवरण आउन सकेको छैन । घटनास्थल प्रहरी चौकी रहेको स्थान बाट तीन चार घण्टाको पैदल दूरीमा रहेको छ । आगलागीका कारण मानवीय क्षति भने भएको छैन । तर धेरै मात्रामा पशु चौपायाहरु मरेको प्रहरीले जनाएको छ ।

उता जिल्लाको कटारी नगरपालिका ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी हुँदा एक ट्यांकर र स्काभेटर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले गए राति ११ बजे तिर अचानक ट्यांकरमा आगलागी हुँदा स्काभेटर समेत जलेर नष्ट भएको जानकारी दिए ।आगलागी पछि कटारी नगरपालिकाको दमकल तथा प्रहरी र स्थानीय वासी नियन्त्रणमा जुटेका थिए । तर, त्यो प्रयास सफल हुन नसकेको उपरीक्षक राईले बताए ।