राष्ट्रिय माध्यमिक विद्यालय बर्दघाट ७ कोटहाको तिन कोठे ट्रष्ट भवन सोमबार शिलान्यास गरियो - MONGOL KHABAR

Breaking

राष्ट्रिय माध्यमिक विद्यालय बर्दघाट ७ कोटहाको तिन कोठे ट्रष्ट भवन सोमबार शिलान्यास गरियो

नवलपरासी /बर्दघाट मशिंर २४,राष्ट्रिय माध्यमिक विद्यालय बर्दघाट ७ जिमरेभार कोटहामा एक कार्यक्रमका बीच जिप्सन सहितको तिन कोठे ट्रष्ट भवन सोमबार शिलान्यास गरिएको छ । राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई नवलपरासीको आथिृक सहयोगमा सो भवन बन्ने भएको हो । विद्यालय ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कैलाश चौधरीको अध्यक्षता, बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख बस्यालले विद्यालयको भौतीक पुर्वाधार सम्पन्न भएर मात्र शिक्षामा गुणस्तर नहुने र सो का लागी शैक्षिक गुणस्तरका लागी शिक्षामा सुधार हुनुपर्ने बताउदै शिक्षामा गुणस्तर भए मात्र विद्यार्थीलाई विद्यालयमा टिकाई राख्न सकिने बताउदै बर्दघाट नगरपालिका भित्र ३३ वटा सामुदायिक विद्यालयहरु रहेकोमा धेरै र सबै जसो विद्यालयहरुमा समस्याहरु रहेको र समस्या समाधान गर्दै सुधार तर्फ लैजान नगरपालिका लागिपरेको बताउनुभयो ।  अर्के प्रसंगमा बोलदै बस्यालले शिक्षाको गुणस्तरमा ध्यान दिने र प्रत्येक विद्यालयहरुमाभौतीक पुर्वाधार युक्त आइसिटी क्लास युक्त बनाउन जरुरी रहेको र नयाँ युगको नयाँ शिक्षा सहि तबर्दघाट नगरपालिकाले शिक्षामा सुधार ल्याउने बताउदै यस बर्ष अपुग भएका शिक्षकका लागी ३० लाख रकम विनियोजन गरिएको बताउनुभयो । 


कार्यक्रममा विद्यालयका प्रअ शेषकान्त पौडेलले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै आफुले सहयोगी सस्थासंग पक्की भवनको माग गरेतापनि सो नपरि करिब ३५ लाख बराबरको ट्रष्ट भवन उपलब्ध भएको बताउदै सो भवनको निर्माण कार्य आागमी जेष्ठ मसान्त सम्ममा सम्पन्न गर्नेगरकिार्य अगाडी बढाइएको बताउनुभो । हाल कक्षा १० सम्म सञ्चलन रहेको विद्यालयमा बर्दघाट नगरपालिकाका वडा नम्बर १, ५, ६, ७ र १४ वडाका गरि ३ सय २५ जना छात्र छात्राहरुले अध्ययनरत रहेको विद्यालयमा दुई तले आठ कोठे पक्की भवन र दुई कोठे तिन वटा ट्रष्ट भवन रहेको र कक्षा कोठाको अभावमा विद्यार्थीको पठन पाठनमा समेत समस्या भएको बताउदै विद्यालयमा शौचालय लागएत खोनपानीको समेत समस्या रहेको र सो समस्या समाधानका लागी सबैको सहयोगको अपेक्षा समेत गर्नुभयो । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष मोती लाल सुनार, ७ का वडाध्यक्ष ध्रुब चौधरी, समाजसेवी नवराज श्रेष्ठ, वृहस्पति अधिकारी, विद्यालय ब्यवस्थापन समितिको तर्फबाट लक्ष्मी भुषाल लगाएतले मन्तब्य राख्नभएको कार्यक्रमको सञ्चालन शिक्षक सुबाष रेग्मीले गर्नुभएको थियो । सो कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, समाजसेवी, बुद्धिजिवी, जनप्रतिनिधि, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।