दाङ जिल्लामा मंगोलवाद बारे प्रशिक्षण कार्यक्रमको भब्य तयारी - MONGOL KHABAR

Breaking

दाङ जिल्लामा मंगोलवाद बारे प्रशिक्षण कार्यक्रमको भब्य तयारी

काठमाडौ ४ पुस । मुलबासी मंगोलहरुलाई बियुँझाउदै अगाडि बढने क्रममा पश्चिम नेपालको दाङ जिल्लामा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले यहि आउदो २०७५ पौष ७ गते शनिबारका दिन दाङ जिल्लाको तुल्सिपुर उपमहानगरपालिका ५ बि एस एस पाटी प्यालेस मा प्रशिक्षण कार्यक्रम गर्न तयारी गरिसकेको छ ।


अर्गनाइजेशनका केन्द्रिय सदस्य बिमला पुन मगरको पहलमा उक्त प्रशिक्षण कार्यक्रम हुन लागेको हो ।कार्यक्रममा केन्द्रिय उच्च नेताहरुले प्रशिक्षण प्रदान गर्नु हुने जानकारी मंगोल खबर अन्लाइनलाई प्राप्त भएको छ । प्रशिक्षण लिन सम्पुर्ण मुलबासी मंगोलहरुलाई आह्वान समेत गरिएको छ । प्रशिक्षण कार्यक्रम पश्चात् मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनको दाङ जिल्ला सभाको तदर्थ जिल्ला सभाको संयोजक चयन गर्ने पनि केन्द्रिय नेतृ बिमला पुन मगरले बताउनु भएको छ ।