रङेहात ५० जना युवायुवती पक्राउ - MONGOL KHABAR

Breaking

रङेहात ५० जना युवायुवती पक्राउ

काठमाडौं - प्रहरीले काठमाडौंका होटल तथा गेष्टहाउसमा नियमित रुपमा छापा हान्न थालेको छ । शनिबार र आइतबार ६४ वटा होटल तथा गेष्ट हाउसमा छापा हानेको छ । ५० शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

होटल तथा गेष्ट हाउसमा अपराधिक गतिविधि हुने गुनासोको आधारमा छापा हान्ने अभियान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए ।


प्रहरीले शनिबार सुन्धारा र आइतबार कोटेश्वर क्षेत्रका होटलहरुमा छापा हानेको हो । नगर प्रहरीबाट समेत प्रहरी खटाएर छापा हानिएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा धेरै गुनासो होटलहरुको बारेमा आए पछि छापा हान्न थालिएको एसएसपी पोखरेलको भनाई छ ।

सस्तो लोकप्रियताका लागि प्रहरीले होटलमा छापा हानेको र यसले व्यक्तिगत गोपनियता हनन गरेको कतिपयको आरोप छ । काठमाडौंका सबै होटलहरुमा नियमित रुपमा छापा हान्ने प्रहरीको तयारी छ ।