पहिलो पटक बौदीकाली गाउँपालिका डेढगाउँमा रक्तदान कार्यक्रम सम्पन्न - MONGOL KHABAR

Breaking

पहिलो पटक बौदीकाली गाउँपालिका डेढगाउँमा रक्तदान कार्यक्रम सम्पन्न

नवलपुर / पौष १०  मंगलबार ,नवलपुर जिल्लाको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका डेढगाउँमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न भएकोछ । कृष्णगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं बार्षिक उत्सवको अवसर पारी गरिएको कार्यक्रममा ७८ जनाले रक्तदान गरेका थिए ।

बौदीकाली गाउँपालिकाको आर्थिक सहयोग,कृष्णगण्डकी सहकारीको आयोजना,नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र कास्की पोखरा र रकुवा प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँको प्राबिधिक सञ्योजनमा भएको रक्तदानमा प्रमुख अतिथि बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाले बोल्दै यस गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको यो मानवीय कार्य उदाहरणिय भएको र यस्ता सामाजिक काममा गाउँपालिकाले सहयोगमा निरन्तरता दिने बताउनुभयो ।


सहकारीका अध्यक्ष गम बहादुर घमको अध्यक्षतामा भएको रक्तदानमा बौदीकाली-२ का वडाध्यक्ष बालप्रसाद ठाडा,सहकारीका लेखा सञ्योजक श्यामसुन्दर श्रेष्ठ,कार्यक्रमका पहिलो रक्तदाता मनिष बिकले बोल्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश पुग्ने र रक्तदानले बिरामी तथा आकस्मिक अवस्थाका घाइतेलाई रगतको परिपुर्ति गर्न सकिने तथा नयाँ जीवन दिन पुगिने हुँदा यस्ता कार्यक्रमलाई ग्रामीण क्षेत्रमा निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।

कृष्णगण्डकी सहकारीको प्राङ्गण बौदीकाली २ डेढगाउँमा भएको रक्तदानमा १४ महिला र ६४ जना पुरुषले रक्तदान गरेका थिए । मंगलबार बिहान १० बजे देखि शुरु भएको कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी,शिक्षक, बिद्यार्थी स्थानीय बासिन्दा ब्यापारी ब्यबसायिले रक्तदान गरेका हुन । सहकारी संस्थाका उपाध्यक्ष मेघ बहादुर ठाडाको स्वागत बाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिब उज्ज्वल ओझाले गरेका हुन ।