नवलपुर प्रहरीले लागू औषध सहित तीन जना पक्राउ । - MONGOL KHABAR

Breaking

नवलपुर प्रहरीले लागू औषध सहित तीन जना पक्राउ ।

नवलपुर, १९ मंसिर ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले लागू अाैषध सहित ४ जनालाई पक्राउ गरेकाे छ । पूर्वपश्चिम लाेकमार्गकाे मध्यविन्दु ८ फुलबारीमा चेक जाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ अाउँदै गरेकाे लु १ ख ७९८५ नम्बरकाे बसमा लागूअाैषध सहित ३ जना पक्राउ परेकाे नवलपुर प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा चितवनकाे भरतपुर महानगरपालिका २१ का २८ बर्षका अर्जुन सुनार, पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका ८ निवासी ३१ बर्षीय राममिलन केवट र भारतकाे ठूटीबारी घर भई हाल नवलपरासीकाे रामग्राम नगरपालिका ६ निवासी ४१ बर्षीय अमरजित केवट रहेका छन् । उनीहरूकाे साथबाट विभिन्न प्रकारका १ हजार २ सय ४९ थान लागूअाैषध बरामद गरेकाे छ ।