धरानमा १५ मा संगठन बिस्तार । - MONGOL KHABAR

Breaking

धरानमा १५ मा संगठन बिस्तार ।



धरान/ मंसिर १८ मंगलबार, मंगोल नेशनल अर्गनाईजेशन-डा.गोपाल गुरुङ संगठनको धरानमा प्रशिक्षण कार्यक्रम  सम्पन्न भएको छ । कार्यक्रम धरान उपमहानगरपालिकाको वडा नम्बर १५ मा भएको थियो । प्रशिक्षण कार्यक्रम पस्चात कमान सिङ राईको संयोजकमा ११ जना सदस्यको कार्यसमिति गठन गरेको छ ।

अर्गनाइजेशनले पुर्ब पश्चिम दिनहु आफ्नो संगठन प्रशिक्षण गरि तीब्र बिस्तार गरेको छ । प्रशिक्षण कार्यक्रम संगठनका केन्द्रीय कोषाध्यक्ष दिनेश बान्तावाले दिनु भएको थियो । प्रशिक्षक बान्तावाले उपस्थित मंगोललाई मंगोल अस्तित्व ,मंगोल दर्शन मंगोलबाद र मंगोल राष्ट्रवादको बारेमा मुलबासी मंगोल समुदायले बुझेर अब एक भैइ महान मंगोल राष्ट्रबादको अभियानमा लाग्न आह्वान समेत गर्नु भएको थियो ।