कोशी ब्यारेजलाई छल्ने गरी सप्तरीको कञ्चपनरुपदेखि सुनसरीको पकलीसम्म नयाँ सडक - MONGOL KHABAR

Breaking

कोशी ब्यारेजलाई छल्ने गरी सप्तरीको कञ्चपनरुपदेखि सुनसरीको पकलीसम्म नयाँ सडक

१५ पुस, काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्गको एउटा खण्डमा रुट परिवर्तन गर्ने भएको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने कोशी ब्यारेजलाई छल्ने गरी सप्तरीको कञ्चपनरुपदेखि सुनसरीको पकलीसम्म नयाँ सडक तयार गर्न लागिएको हो ।



हाल पूर्वपूश्चिम राजमार्ग नेपाल भारतको सीमा कोशी ब्यारेज हुँदै अगाडि बढ्छ । अब नेपालकै भूभागमा मात्र पर्ने गरी नयाँ रुटमा राजमार्ग निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकारी दिएका छन् ।