गोरु काट्नेहरुलाई धरानमा सम्मान, सम्मान पछी गोरु कै मासु पकाएर सामुहिक भोज खुवाइयो - MONGOL KHABAR

Breaking

गोरु काट्नेहरुलाई धरानमा सम्मान, सम्मान पछी गोरु कै मासु पकाएर सामुहिक भोज खुवाइयो

धरान , गोरु काटेको अभियोगमा पक्राउ परेका १० जनालाई प्रहरीले मंगलबार रिहा गरेको छ । बिभिन्न जातीय सस्था, राजनीतिक दल, प्रभुत्व व्यक्तिहरुको दबाब र आलोचनाका कारण प्रहरी प्रशासनले उनीहरुलाई रिहाई गरेको बुझिएको छ । मंसिर २८ गते धरान–१७ बाट गोरु काटिरहेको भेटेपछि प्रहरीले १० जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएर थुनामा राखेको थियो ।


पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरी रहेका थिए ।मुलुक धर्मनिरपेक्ष राज्य भएपनि गोरु काटेकै अभियोगमा उनीहरुलाई पक्राउ गरिएको भन्दै आदिवासी जनजातिहरुले प्रहरी र सरकारको कदमको कडा विरोध जनाउदै आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।

गोरु काटेर खाने १० जनालाई सांस्कृतिक अधिकार संरक्षण समितिले सम्मान गरेको छ । सम्मान पछी गोरू कै मासु सहितको भोजको पनि आयोजना गरिएको थियो । प्रदेश १ का सभासद विष्णु तुम्बाहाम्फेको उपस्थितिमा गोरुको मासु सहित भोजको आयोजना गरिएको थियो। गोरु काटेको आरोपमा पक्राउ परी रिहाइ भएका १० जनाको सम्मानमा सभासद तुम्बाहाम्फेको उपस्थिति रहेको सांस्कृतिक अधिकारका अभियन्ता जनकऋषि राइले बताए ।गोरु काटेको आरोपमा पक्राउ परी रिहाइ भएका १० जनाको सम्मानमा सभासद तुम्बाहाम्फेको उपस्थिति रहेको थियो ।

सांस्कृतिक अधिकार संरक्षण समितिले कार्यक्रमको आयोजना गरेको थियो । धरान–११ स्थित मङ्गलबारे चौकमा आयोजना गरिएको सो सम्मान कार्यक्रममा सांस्कृतिक अधिकारका अभियन्ता जनकऋषि राइ संघीय लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष अमर इजम, समितिका अध्यक्ष सुवास हुक्पा चोङबाङको अध्यक्षामा भएको सम्मान कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका विद्यार्थी नेता अडिल खम्बु, प्रदेश सभासद विष्णु तुम्बाहाम्फेसहित आदिवासी जनजाति सम्बद्ध विभिन्न संस्था तथा राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।