काठमाडौं । भारतको चर्चित दैनिक पत्रिका ‘दैनिक भास्कर’को अनलाईन संस्करणले क्रिसमस र नयाँ वर्ष मनाउने ठाउँको सुचीमा नेपालको नाम पनि राखेको छ ।
पत्रिकाको एउटा समाचारमा क्रिसमस र नयाँ वर्ष मनाउन जानको लागि बिभिन्न ८ देशको नाम राख्दा नेपालको नाम पनि परेको हो ।
समाचारमा भारतीय रुपैयाँ भन्दा सस्तो पैसा भएका देशहरुमा घुम्नको लागि सुझाइएको छ । नेपालमा पछिल्लो समय इसाई धर्मालम्वीहरुको महान चाड क्रिसमस डे र नयाँ वर्ष लाई धुमधामका साथ मनाउने गरिन्छ ।
विशेषत राजधानीका ठमेल, पोखरा, दरबारमार्ग लगायतका क्षेत्रहरुमा यी पर्वहरु विशेष महत्वका साथ मनाउने गरिन्छ ।