घुससहित जिल्ला अदालत काठमाडौंका खरिदार पक्राउ - MONGOL KHABAR

Breaking

घुससहित जिल्ला अदालत काठमाडौंका खरिदार पक्राउ

काठमाडौं: जिल्ला अदालत काठमाडौंका खरिदार विदुर पोख्रेल घुससहित पक्राउ परेका छन् । अख्तियारको टोलीले पोख्रेललाई सोमबार काठमाडौं महानगरपालिका १६ स्थित एसबी फास्ट फुड, सोह्रखुट्टेबाट १० हजार घुससहित पक्राउ गरेको हो ।


डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको सहचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।