अष्ट्रेलियामा सन्दीपलाई घमण्ड देखाएको आराेप - MONGOL KHABAR

Breaking

अष्ट्रेलियामा सन्दीपलाई घमण्ड देखाएको आराेप

अष्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिग ब्यास खेल्नका लागि अहिले नेपाली स्पीनर सन्दीप लामिछाने मेलबर्नमा छन् । मेलबर्न स्टार्समा अनुबन्ध सन्दीप एक साताअघि मेलबर्न पुगेका थिए ।

मेलबर्न पुगेपछि त्यहाँ रहेका नेपालीले उनको सम्मानमा नेपाल फेस्टिभल परेडको आयोजना गरेको थियो । त्यस परेडमा सहभागि हुँदा आफूले एटिच्युड (घमण्ड) देखाएको भनी फेसबुक स्टाटस लेखेपछि सन्दीपले त्यसको खण्डन गरेका छन् ।


ट्वीटरमा फेसबुक स्टाटसको लिंक समेत राखेर सन्दीपले त्यसमा रहेको कुनै पनि कुरा सत्य नभएको दाबी गरेका छन् । ‘यो सरासर गलत हो । यो कथाको एउटा लाइन पनि सत्य छैन । आखिर कहिलेसम्म ?,’ सन्दीपले ट्वीट गरेका छन् ।

Sandeep Lamichhane

✔@IamSandeep25

This is wrong ! Totally wrong !! Don’t know why its happening. Any single line of this story isn’t true. Aakhir kaile samma ? Please get the right information before writing anything. Don’t let anybody down who hasn’t done anything wrong. Please

४० शब्द लामो ट्वीटमा सन्दीपले थप लेखेका छन्, ‘कृपया कुनै कुरा लेख्नुअघि सही सूचना प्रयोग गरौं । कुनै गलत नगरेको ब्यक्तिलाई यसरी तल झार्ने काम नगरौं ।’ नोर्गेन नोर्वु नाम गरेका ब्यक्तिले त्यो स्टाटस लेखेका थिए । उनको फेसबुक प्रोफाइल अनुसार उनी नेप्लिज एसोसियसन अफ भिक्टोरियाका पूर्व सचिव, पिपलबोटका रिपोर्टर र फोटोग्राफरका रुपमा काम गरेको देखिन्छ ।

उनले लेखनाथ पौड्यालको नैतिक दृष्टान्तको दुई हरफ कविता राखेर सन्दीपले आफ्नो धरातल बिर्सिएको आरोप लगाएका छन् ।साथै सन्दीपले फोटो खिच्न पनि आनाकानी गरेको र परेडमा सहभागि हुनका लागिसमेत आफ्ना म्यानेजर रमण सिवाकोटीमार्फत रकम मागेको गम्भीर आरोप लगाएका थिए ।