सगरमाथा आरोहण गर्ने साउदी अरबको पहिलो महिला राहा मोहर्कलाई नेपाली दूतावासले सम्मान गरेको छ - MONGOL KHABAR

Breaking

सगरमाथा आरोहण गर्ने साउदी अरबको पहिलो महिला राहा मोहर्कलाई नेपाली दूतावासले सम्मान गरेको छ

काठमाडौं । सगरमाथा आरोहण गर्ने साउदी अरबको पहिलो महिला राहा मोहर्कलाई नेपाली दूतावासले सम्मान गरेको छ । साउदीका लागि नेपाली राजदूत प्रा. डा. महेन्द्रप्रसाद सिंह राजपुतले रियादस्थित दूतावासमा मोहर्कलाई सम्मान गरेका हुन् ।साउदीको रियादस्थित नेपाली दूतावासले पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम गर्ने क्रममा मोहर्कलाई सम्मान गरिएको हो । सो कार्यक्रममा राजदूत राजपुतले नेपालको पर्यटन क्षेत्र र भिजन २०२० बारे धारणा राख्दै मोहर्कको आरोहणले नेपाल र साउदी जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेलेको बताएका थिए ।


आरोही मोहर्कले सगरमाथा आरोहणका अनुभूतिहरु राख्दै नेपालको प्राकृतिक सुन्दरताले आफू मोहित बनेको बताइन् । साथै नेपाली जनताको न्यानो माया पाउँदा निकै खुसी लागेको उनले बताइन् । उता हजारौँ आप्रवासीहरू मध्यअमेरिकाबाट अहिले संयुक्त राज्य अमेरिकाको सीमामा आइपुगेका छन्।आफ्नो बुवासँग अमेरिका प्रवेश गरेका ग्वाटेमालाका एक आठ वर्षीय बालकको अमेरिकी हिरासतमा मृत्यु भएको आप्रवासन अधिकारीहरूले बताएका छन्।मेक्सिकोबाट सीमा पार गरेर अमेरिका छिरेपछि बन्दी बनाइएका ती बालकको क्रिस्मसको मध्यरातपछि मृत्यु भएको बीबीसीले जनाएको छ।