नवलपुरमा एक जनाको मृत्यु । - MONGOL KHABAR

Breaking

नवलपुरमा एक जनाको मृत्यु ।

मङ्सिर, १९, कावासोती । नवलपुरको प्रगतीनगरमा स्कुटीमा सवार एक जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका १५ मा मंगलवार राती ११ बजे ना ३२ प ८३९० नंबरको स्कुटीमा सवार कावासोती नगरपालिका ८ का नविन राज गौतमको ज्यान गएको हो ।

गौतमको उपचारका क्रममा चितवनको भरतपुर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गौतम सवार स्कुटीमा कुनै क्षती नभएकाले अन्य कुनै सवारीले ठक्कर दिएको हो वा आफै अनियन्त्रित भएर दुर्घटना भएको भन्ने कारण नखुलेकाले थप अनुसन्धान जारी रहेको नवलपुर प्रहरीले बताएको छ । मृतक गौतम नेपाली कांङ्ग्रेस समानुपातिक बाट निर्बाचित  गण्डकी प्रदेश सांसद ओमकला गौतमका छोरा हुन् ।