बुटवल– गुल्मीको छापाहिले गाउँमा १६ वर्षीय किशोरले ८८ वर्षीया बृद्धलाई बलात्कार गरेका छन् । बृद्धालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी आज अदालतमा मुद्धा दायर गरेको छ ।
मालिका गाउँपालिका ५ छापाहिलेका १६ वर्षीय आलेख (नाम परिवर्तन )ले सोही गाउँमा एक्लै घरमा बसेकी ८८ वर्षीया बृद्धालाई सोमवार दिउँसो ११ बजेतिर बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार साँझ पक्राउ गरी जिल्लामा ल्याइएको प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।
प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काका अनुसार बृद्धा महिलाको र १६ वर्षीय किशोरको नाम समेत गोप्य राखिएको छ । निजबिरुद्ध जब्बरजस्ती करणी मुद्धा अदालतमा दायर गरी ७ दिन म्याद थप समेत गरिसकिएको प्रहरी निरीक्षक खड्काले बताए ।