पत्रकार तिर्थ भुषालको स्मृति दिन । - MONGOL KHABAR

Breaking

पत्रकार तिर्थ भुषालको स्मृति दिन ।

नवलपुर/कावासोती २३,रिपोर्टिका लागी त्रीवेणी बाट कावासोती फर्कने क्रममा मङसिर १४ गते दाउन्नेमा  सडक दुर्घना परि टाउकोमा गम्भिर चोट लागेका भुसालको काठमाडौँको मेडिसिटि अस्पतालमा उपचारका क्रममा २०७४ मङसिर २३ गते निधन भएको हो । पत्रकारीता विषयमा स्नाकोतर गर्नु भएका स्वर्गीय भुसालको निधनले सम्पुर्ण सञ्चार क्षेत्रलाई नै स्तब्ध बनाएको सचरकर्मीहरुले बताएका छन् ।

आफनै भुमिमा सुचनाका लागी काम गर्ने सपना बोकेर स्थानीय सवाल सुशान र सुचनाको हकको लागी वि स २०७१ सालमा  नवलपुर एफ एमको स्थापना गर्नु भएको थियो । आज बर्षदिन उहाँलाइ सम्झना गर्दै नवलपुर एफएम परीवारले उहाँले बुन्नु भएको सपना पुरा गर्न तटस्थ एवम् जिमेवार सञ्चार माध्यमका रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।