नेपाली कथानक चलचित्र ‘आरोप ’को ट्रेलर यस्तो देखियो । - MONGOL KHABAR

Breaking

नेपाली कथानक चलचित्र ‘आरोप ’को ट्रेलर यस्तो देखियो ।

जगत ठाडा मंगोल
काठमाडौ / नेपाली कथानक चलचित्र आरोप को बिहिवार ट्रेलर सार्बजनिक भएको छ । दिलाशा क्रियशनको ब्यानरमा राजु राउत र दयाराम गहतराज ( राजन ) को प्रस्तुति तथा दिनेश पाठक र बिजय सापकोटाको निर्माण रहेको आरोपको निर्देशन अमर ओलीले गरेका छन् । 


चलचित्रमा एसके अधिकारीको गीत, गणेश चौधरी र एसके अधिकारीको संगीतमा राजेश पायल राई, प्रह्लाद तिमिल्सिना, नित्याशिवा र मनिषा पोख्रेलको आवाज रहेको छ।
कमल राईको नृत्य, छायांकन बिरेन्द्र भट्ट, द्वन्द सानू कुमार मर्हजन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको आरोप मुभी मा संचिता लुइँटेल, किशोर खतिवडा, उद्वव गिरी, रिचा थापा, सुशील पोख्रेल, प्रेम खड्का, रश्मि भट्टको अभिनय रहेको छ ।
चलचित्र आरोप आगामी माघ ११ गते नेपाल अधिराज्य भर रिलिज हुने निर्माण पक्षले मंगोल खबरलाई जानकारी दिएको छ ।