सन्दिप अष्ट्रेलिया प्रस्थान - MONGOL KHABAR

Breaking

सन्दिप अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने विग बास लिगका लागि अष्ट्रेलिया प्रस्थान गेका छन् । सन्दीप आइतबार राति ९ बजेर ५५ मिनेटमा सिल्क एयरबाट अष्ट्रेलिया प्रस्थान गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।
सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास खेल्नेछन् । विग बास लिग १९ डिसेम्बरबाट सुरु हुदैछ । सन्दीपको टिम मेलबर्न स्टारले पहिलो खेल २१ डिसेम्बरमा सिड्नी थन्डरसँग खेल्नेछ ।
सन्दीप जनवरी पहिलो साता बंगलादेश जानेछन् । सन्दीपले बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेल्नेछन् । बंगलादेश प्रिमियर लिग सकेपछि सन्दीप पुनः बिग बास खेल्न अष्ट्रेलिया जाने शिवाकोटीले जानकारी दिए ।
यससँगै सन्दीपले शनिबारबाट सुरु भएको तेस्रो संस्करणको टीभीएस इपिएल टी–२० क्रिकेट प्रतियोगिताको सबै खेल गुमाउने भएका छन् । सन्दीप ललितपुर प्याट्रिएट्समा आबद्ध थिए । उनले सुरुवाती २ खेलमा ५ विकेट लिन सफल भएका थिए ।
सन्दीप एक साताअघि यूएईमा सम्पन्न टी– १० क्रिकेट लिग खेलेर नेपाल आएका थिए ।