चितवनको शक्तिखोर-फिस्लिङ सडकको शिलान्यास - MONGOL KHABAR

Breaking

चितवनको शक्तिखोर-फिस्लिङ सडकको शिलान्यास

चितवन,पुस १६-

चितवनको इच्छाकामना गाउँपालिकाको फिस्लिङदेखि कालिका नगरपालिकाको शक्तिखोर जोड्ने सडकको शिलान्यास गरिएको छ । ३७ किलोमिटर लामो फिस्लिङ–शक्तिखोर सडक निर्माणका लागी सांसद कृष्णभक्त पोखरेलले सोमबार शक्तिखोरमा शिलान्यास गरेका हुन् ।

सडक शिलान्यास पश्चात बोल्दै सांसद पोखरेलले फिस्लिङ शक्तिखोर सडक निर्माण भएपछि काठमाडौं जान आउन सहज हुने बताए । शक्तिखोर नयां पुल्चोकका रुपमा रुपमा विकास हुने भन्दै पोखरेलले यहांको पर्यटन विकासका लागी पहाडी भेगमा एकिकृत बस्तिको विकास गरिने वताए ।


फिस्लिङ–शक्तिखोर सडक निर्माणका लागी सान्जी आशिष जेभिले भ्याट बाहेक ६९ करोड ८७ लाख ७६ हजार ४ सय रुपैंयामा ठेक्का पाएको हो । सडक निर्माण लागत भ्याट सहित ७८ करोड ९६ लाख १७ हजार ३ सय रुपैंया हुन आउंछ ।

एक मिटरको नाला छाडेर ३ दशमलव २५ मिटर चौडाई कालोपत्रे हुने शक्तिखोर फिस्लिङ सडकलाइ ५ मिटरको बनाउन प्रस्ताव आएको भन्दै सान्जी आशिष जेभिका म्यानेजर नारायण रिजालले योजनाको रिभ्यु भएपछि लागत पनि बढ्ने जानकारी दिए ।

सम्झौता अनुसार फिस्लिङदेखि ९ किलोमिटर यता तोलाङदेखि शक्तिखोर सम्मको ३७ किलोमिटर मात्रै सडक निर्माण हुने भनिएपनि रिभ्यु पछि ९ किलोमिटर थप भई फिस्लिङ देखि नै जम्मा ४७ किलोमिटर सडक निर्माण थालिने उनको भनाइ छ । २ बर्षमा योजना सम्पन्न गर्ने सम्झौता भएको छ । फिस्लिङ, तोलाङ, बांसपुर, ओर्लाङ, मायाटार, तेर्से, उपरदाङगढि, शक्तिखोर जोड्ने सडक अन्तर्गत ४ किलोमिटर बाटो नयां बनाउनुपर्ने रिजालले वताए ।

प्रदेश नं. ३ का सांसद घनश्याम दाहालले पहाड र तराई जोड्नका लागी सडक महत्वपुर्ण रहने वताए । इच्छाकामना मन्दिर मर्मतका लागी प्रदेश सरकारले ५० लाख रुपैंया बजेट विनियोजन भएको जानकारी दिंदै दाहालले मायाटारदेखि माझकाउले सम्म बाटो निर्माणका लागी पनि ५० लाख रुपैंया विनियोजित भइसकेको वताए ।

त्यस्तै जलविरेको पर्यटन विकासका लागी २५ लाख रुपैंया, जलविरेबाट चण्डिभन्ज्याङ घर्तिगाउं सडक निर्माणका लागी १ करोड रुपैंया पनि प्रदेश सरकारले नै बजेट विनियोजन गरेको बताए । । थाङखोला र बुङखोलालाइ डाइभर्सन गरि त्यहांको पानि खगेरी खोलामा मिसाएर कालिका नगरपालिकाको १ देखि ७ नं. वडा सम्मको भुभागलाइ डुबानबाट जोगाउन सकिने उनले वताए ।

यसका लागी प्रदेश सरकारले १ करोड १३ लाख रुपैंया छुट्याएको उनले जानकारी दिए । कालिका नगरपालिकाको प्रमुख खुमनारायण श्रेष्ठले करोडौंको लगानीमा निर्माण हुन लागेको फिस्लिङ शक्तिखोर सडक निर्माणमा कसैले अवरोध सिर्जना गरे त्यसलाइ कारबाहि गरिने चेतावनी दिए । यस्ता महत्वपुर्ण योजनाहरुमा अवरोध गरेर अलपत्र पार्न नहुने उनको भनाइ छ ।