अनन्तमा भयो पेन्सन खारेज - MONGOL KHABAR

Breaking

अनन्तमा भयो पेन्सन खारेज

काठमाडौ । अब सरकारले पेन्सन दिन नसक्ने भए पछि आगामी आर्थिक वर्ष बाट योगदानमा आधारित निवृत्तिभरण योजना लागू गर्ने तय गरेको छ । अब २०७५ साउन १ गते देखि नियुक्त हुने सरकारी कर्मचारीहरुको पेन्सन खारेज गरिएको छ ।

पेन्सनको साटो योगदानमा आधारित निवृत्तिभरण दिईने छ । मंगलबार आर्थिक वर्ष २०७५ /०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा । युवराज खतिवडाले भने, ‘संवत् २०७५ साउन १ गते देखि नियुक्त हुने राष्ट्रसेवकहरुलाई योगदानमा आधारित निवृत्तिभरण योजना अनिवार्य लागू गरिने हो ।’सरकारलाई पेन्सनको भार प्रत्येक पाँच वर्षमा दोब्बर पर्दै गइरहेको छ ।


गत वर्ष सम्म नेपालको कुल बजेटको ६ प्रतिशत रकम पेन्सनमा खर्च भएको थियो । यसरी पेन्सनको भार बढ्दै गए पछि सरकारले योगदानमा आधारित निवृत्तिभरणको योजना ल्याएको हो । ग्रिसमा पेन्सनको भार बढ्दै गएर कुल बजेटको २० प्रतिशत सम्म खर्च हुन थाले पछि अर्थतन्त्र नै धरासायी भएको थियो ।

नेपालमा पनि त्यस्तै अवस्था नआओस् भनेर योगदानमा आधारित निवृत्तिभरण योजना ल्याइएको अर्थमन्त्रालयका अधिकारीहरुको दाबि छ । सरकारले हाल सरकारी कोष बाट सम्बन्धित कर्मचारीको तलबको आधा नघट्ने गरी मासिक पेन्सन दिँदै आएको छ ।

अब साउन १ गते देखि भने निश्चित प्रतिशत रकम सरकारले काट्ने छ भने निश्चित प्रतिशत कर कर्मचारीको तलब बाट कट्टा गरी एउटा कोषमा जम्मा गरिने छ । र, सेवा निवृत्त भए पछि सो रकम कर्मचारीलाई उपलब्ध गराइने छ । तर, मासिक पेन्सन भने दिइने व्यबस्था छैन ।

हाल निजामती, सेना, प्रहरी शिक्षक लगायतले सेवा निवृत्त भएपछि पेन्सन पाउँदै आएका छन् । सेवा नसकिँदै जागिर छाडेमा उपदान पाउँछन् । त्यसबाहेक कर्मचारी सञ्चय कोषमा जति रकम जम्मा भएको छ, त्यति नै रकम थपेर सरकारले दिन्छ । कर्मचारी सञ्चय कोषमा जम्मा भएको रकम सञ्चयकर्ताले सेवा अवधि कै क्रममा सहुलित ऋण लिन सक्छन् भने अवकास पछि एक मुष्ट रुपमा दिइने छ ।