महेन्द्र बहुमुखी क्याम्पस धरानमा मंगोल विद्यार्थी संगठन गठन । - MONGOL KHABAR

Breaking

महेन्द्र बहुमुखी क्याम्पस धरानमा मंगोल विद्यार्थी संगठन गठन ।

सुनसरी/मंसिर २० विहिबार,महेन्द्र बहुमुखी क्याम्पस धरानमा मंगोल विधार्थी युनियन क्याम्पस इकाई सभा गठन भएको छ। संयोग राईको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस इकाई सभा गठन भएको हो । सचिवमा युबराज राई अलौकिक मान्छे,कोषाध्यक्ष सन्ध्या लिम्बु र सह सचिवमा शान्तिकला राई रहेका छन् ।

क्याम्पसको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा मंगोल विधार्थी युनियनका केन्द्रीय संयोजक अडिल खम्बू  प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा क्याम्पस स्ववियु सभापति सरगम सागर चेम्जोङ लगायत नेवि संघ,अनेरास्ववियु, समाजवादी विधार्थी फोरम,अनेरास्ववियु क्रान्तिकारीका विधार्थी नेताहरुको उपस्थिति रहेको थियो । यता मूल संगठन एम एन अो- डा.गोपाल गुरुङको तर्फ बाट भने केन्द्रीय सभा कोषाध्यक्ष दिनेश बान्तवा, केन्द्रीय युवा सभा संयोजक अमित याक्खा,सुनसरी जिल्ला सभा अध्यक्ष काजीराम राई लगायतको उपस्थिति रहेको थियो ।

विधार्थीहरु राष्ट्रको दर्बिलो खम्बा भएको हुनाले देशलाई बलियो टेवा दिने जिम्मेवारी लिने कर्तब्य पनि विधार्थीको भएको कुरा विधार्थी केन्द्रीय संयोजक अडिल खम्बूले बताए । अाफ्नो शैक्षिक अनि मौलिक अधिकार मागेर नभै  खोजेर लिनु पर्ने र खोजेर पनि प्राप्त नभए राज्य संग लडेर लिनु पर्ने तर सो कार्यको लागि सम्पूर्ण विधार्थीहरु एक हुनु पर्ने कुरामा पनि उनले जोड दिए । बाहिरबाट झट्ट सुन्दा र हेर्दा मंगोल विधार्थी युनियनको गतिबिधि अलि फरक खाल्को देखिए पनि वास्तविकतामा त्यस्तो नभएको उनले प्रष्टाए ।उनले भने मंगोल र मंगोल विधार्थीहरु सम्पूर्ण राजनीति र राजनीतिज्ञ संग सहकार्य र समतामुलक भातृत्व कायम गर्दै राज्यले गरेको बिभिन्न खाले बिभेद र असमान कानूनी ब्याबहारहरु निमिट्यान्न पारी एक समृध्द समतामुलक समावेशी राज्य र राज्य ब्यावस्था खडा गर्न प्रष्ट्याउनु भएको थियो । केन्द्रीय संगठनका कोषाध्यक्ष दिनेश बान्तावाले संगठनको सैध्दान्तिक अवधारणा कार्यनीतिको विषयमा जानाकारी गराइए पछि क्याम्पस इकाई सभा गठन भएको कुरा नव गठित क्याम्पस इकाई सभाका अध्यक्ष संयोग राईले बताए ।

नव गठित सम्पूर्ण पदाधिकारीहरुलाई मंगोल विधार्थी केन्द्रीय संयोजकले खदा अोढाएर सम्मान गर्दै सांगठनिक पदभार र गोपनीयताको सपथ ग्रहण गराए। उनले सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना पनि दिए । सभाहलमा उपस्थित रहेका सम्पूर्ण विधार्थी नेताहरु तथा केन्द्र जिल्ला तहका पदाधिकारीहरुले पनि बधाई अनि कार्य सफलताको शुभकामना दिए ।

स्ववियु सभापति सरगमसागर चेम्जोङ्ले खुशी ब्यक्त गर्दै भने "क्याम्पसमा मंगोल विधार्थी युनियन गठन भएकोमा म  खुशी छु । अब हामी सबै मिलेर क्याम्पसमा अध्ययनरत सम्पूर्ण विधार्थीहरुको हकहितको लागि लड्नु पर्छ ।" उनले भने सम्पूर्ण विधार्थी संगठनहरु एक ढिक्का भएर क्याम्पसमा हरेक गतिबिधिहरु गर्नु पर्छ । उनले मंगोल विधार्थी क्याम्पस इकाइ सभामा चयन भइ गठन भएका समपूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै सहकार्यको लागि अनुरोध पनि गरे । क्याम्पसको  मानबीकि, शिक्षा,ब्यावस्थापन संकायमा स्नातक तह प्रथम, द्वितीय र तृतीय बर्षमा अध्धयनरत विधार्थीहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रम जिल्ला नारी सभा सुनसरीका सह सचिव दिलुसा सोताङ याक्खाले संचालन गरेको थियो ।