बाइबाइ अभागि म,रोल्पाकी दिलकुमारीको पत्र: ‘अब मलाई चाहेर नि खोज्ने कोशिस नगर्नु’ - MONGOL KHABAR

Breaking

बाइबाइ अभागि म,रोल्पाकी दिलकुमारीको पत्र: ‘अब मलाई चाहेर नि खोज्ने कोशिस नगर्नु’

रोल्पा । रोल्पा नगरपालिका २ मूलपानी निवासी २२ बर्षिया दिलकुमारी डाँगी गत बिहिबारदेखि सम्पर्क विहिन भएकी छन् । ५ बर्षिया छोरा छोडेर हराएकी दिलकुमारीबारे कुनै जानकारी नभएको परिवारले बताएको छ ।

गत बिहिवार नौ बजे तिर छोरालाई स्कूल छोडन भनी गएकी डाँगी घर नफर्किएको उहाँका श्रीमान बखत डाँगीले जानकारी दिए । श्रीमानलाई फोनगरि आफू रेउघा हस्पिटल गएकोले घर आउन ढिला हुने भन्दै छोरालाई स्कुलबाट ल्याउन भनेको श्रीमान बखतको भनाई छ ।


रेउघाबाट घर फर्किन ढिला गरेपछी श्रीमान बखतले फोन गरे तर दिलकुमारीले फोन उठाइनन् । फोन नउठाएपछि बखत रेउघा हस्पिटल पुगेर खोजेपनि दिलकुमारी भेटिनन् ।
श्रीमान बखत भन्छन, ‘मैले पटकपटक फोन गरे तर दिलकुमारीले फोन उठाईनन् । बरु एकछिन पछी म्यासेज पठाइन,‘ अटैचीको छेउमा कापी छ, कापी भित्र हेर्नु है बाई बाई ।’श्रीमान बखत भित्र गएर कापी पल्टाए, त्यहाँ दिलकुमारीले पत्र यसरि कोरेर छोडेकी थिइन् ।

दिल कुमारीले लेखेको पत्र जस्ताको तस्तै-

म यति टाढा गईसकेको छु, अब मलाई चाहेर नि खोज्ने कोशिस नगर्नु, किनकी सुख दुखमा त साथ दिन सकिन भने खोजेर के फाइदा अब सम्झिनु कि मरि भनेर, मेरो मन मान्दैन सँगै बस्नलाई सायद भाग्यमा यस्तै होला सँगै जिबन बिताउन नलेखेको होला, मलाइ माफ गरिदिनु होला ।
म सबैको बोझ भएर बाच्ँनु छैन ।

खै के गरम, न त माईतिको साथ, न त घरको अब त म बाँचेर काम नि छैन, सधैँभरी रमाउनु हास्ँनु बाबुको राम्रो ख्याल गर्नु, बाबुलाई मम्मी खै भनेर सोध्छ भने बाबु तेरो मम्मी पैसा कमाउन गएको छ भन्दिनु, म सधैभरी साथ दिन्छु भनेको थिए तर सकिन । मेरो रोगि बाबुको पाप सबै मलाई लागोस हजुर सधै खुशि हुनु हजुर खुशि बाबु नि खुशि हुने छ ।

मलाई कहिले नसम्झिनु पापि मान्छेलाई सम्झेर काम छैन, मैले आज हजुरको मान राख्न सकिन, मलाई माफ गरिदिनु मेरो माइतिलाई दोष नलगाउनु, किनकि दोष मेरो हो, माइतिको होइन, अब त म खुशि हुने भैसकेको छु चाहेर नि नखोज्नु । खोजे पछि त झन म यो संसारबाट सधैका लागि बिदा हुने छु ।

उहि सुख दुखमा साथ दिन नसकेको पापि मान्छे म’

अहिले उनको श्रीमानले खोजी दिन रोल्पा प्रहरीमा निबेदन दिएको छ ।