नेपालका पहलमान थापा भारतमा चम्कदै - MONGOL KHABAR

Breaking

नेपालका पहलमान थापा भारतमा चम्कदै

५ पुस, काठमाडौं । जब दुई देशका खेलाडी बीच आपसमा भिडन्त हुन्छ, दर्शकहरुले पक्कै पनि आफ्नै देशका खेलाडीलाई समर्थन गर्छन् । तर, यदि तपाईंले युट्युवमा नेपालका देव थापाले भारतीय पहलमानहरुसँग कुस्ती खेलेका भिडियो हेर्नुभयो भने अर्कै स्थिति देख्नुहुनेछ । त्यहाँ भारतीय दर्शकहरुले देवको समर्थनमा हुटिङ गरिरहेको पाउनु हुनेछ ।

थापाले केही दिनअघि खेलेको एउटा कुस्तीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा सानो कदका देव थापा बडेमानका भारतीय पहलमानसँग साहसिक एवं चतुरतापूर्वक भिडिरहेका देखिन्छन् ।