रत्नराज्य लक्ष्मी माविको स्वर्णमहोत्सव - MONGOL KHABAR

Breaking

रत्नराज्य लक्ष्मी माविको स्वर्णमहोत्सव

गैडाकोट, २७ मंसिर । नवलपुर जिल्लाको उकृष्ट विद्यालयको नामबाट चिनिने रत्न राज्य लक्ष्मी माध्यमिक बिद्यालयमा अध्यनरत धेरै विद्यार्थी विदेशीयको विद्यालयले जनाएको छ । विद्यालयले स्वर्णमहोत्सव मनाउदै गर्दा पुर्व विद्यार्थीको तथ्य खोज्दा २०४१ सालबाट २०७४ साल सम्म २३३० जना मध्य अहिले करिव ५०० जना विदेशीयका छन् । सरकारी जागिरे जम्मा २५ जना मात्र रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष सपकोटाले भन्नुभयो नेपालमै जागिर खाने जनशक्ति उत्पादन गर्न मुख्य चुनौती रहेको छ ।विद्यालयले यहि मंसिर २८ गते देखि पुष ३० गते सम्म स्वर्णमहोत्सव राखेको छ । स्वर्णमहोत्सवको अवसरमा विभिन्न कार्यक्रम राखेको विद्यालयका प्रध्यानध्यापक नवराज काफ्ले जानाकारी दिनुभयो ।

कार्यक्रमहरु मंसिर २८ गते शुभारम्भ तथा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता , पुष ३ गते मावि स्तरीय हाजीर जवाफ, पुष ६ गते प्रवि स्तरीय चित्रकला तथा भलिवल प्रतियोगिता २३ गते बहृत मोटरसाईकल ¥याली, २४ गते मञ्च निमार्ण, विद्यालय सजानट तथा सरसफाइ प्रचार–प्रसार, २५ गते विभिन्न समुदायहरुको पहिचान भल्कने झाँकी सहितको शोभायात्रा सहित नेपाली कांग्रेसका माहामन्त्री डा। शशंक कोइरालाको प्रमुख अतिथ्यताबाट स्वर्णमहोत्सव समारोहको समुद्घाटन हुनेछ । स्वर्णमहोत्सवको मुल समारोह ३० गते हुने छ । विद्यालयले आजको आवश्यकता प्रविधिक सिपमुलक तथा गुणस्तरीय शिक्षा’ भन्ने नाराका साथ विद्यालय अगाडी बढेको विद्यालयका प्रध्यानध्यापक नवराज काफ्ले जानाकारी दिनुभयो ।